दाउन्नेमा एकतर्फी गाडी सञ्चालन, बाटो हिलो र चिप्लो हुँदा आवतजावतमा समस्या यथावत्

 वैशाख ५, २०८२ शुक्रबार १३:१६:५९ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल तस्वीर

काठमाण्डाै – नारायणगढ–बुटवल सडक खण्डको नवलपरासीकाे दाउन्नेमा अहिले एकतर्फी रूपमा गाडी चल्न थालेका छन् । दाउन्ने क्षेत्रको बाटो हिलो र चिप्लो भएका कारण हिजो अवरुद्ध भएको थियो ।

बाटो हिलो र चिप्लो तथा टिपरसमेत बिग्रेर समस्या भएकोमा आज बिहानदेखि एकतर्फी सञ्चालन भइरहेको जिल्ला प्रहरी कार्यालय नवलपरासी (बर्दघाट सुस्तापूर्व) ले जनाएको छ । दाउन्ने क्षेत्रमा गाडी जाममा पर्ने मुख्य समस्या छ । यात्रुले सास्ती खेप्नुपरेको छ ।

राति ११ बजेदेखि बिहान ५ बजेसम्म दाउन्ने सडक बन्द गरेर विस्तारको काम हुँदै आएको छ । दाउन्ने खण्डमा पहाड काट्ने, पर्खाल लगाउने र कल्भर्ट निर्माणको काम भइरहेको अवस्थामा पानी परेपछि थप समस्या परेको हो ।

अन्तिम अपडेट: बैशाख १५, २०८२

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया