बसाइँ सरेको १८ वर्षपछि आफ्नै गाउँ फर्किँदा पालिकाद्वारा खोटाङका वेदबहादुरलाई एक लाख रुपैयाँ प्रोत्साहन रकम

 वैशाख ६, २०८२ शनिबार १३:४:३३ | रासस
unn.prixa.net

खोटाङ – अठार वर्ष पहिला बसाइँ सरेर गएका खोटाङको बराहपोखरी गाउँपालिका–६ मौवाबोटेका वेदबहादुर खड्का परिवारसहित गाउँ फर्किनुभएको छ ।

उहाँ २०६३ सालमा सप्तरीको सप्तकोशी नगरपालिकाको बलार्दह बसाइँ सरेर जानुभएको थियो । खड्का अहिले परिवारसहित आफ्नै गाउँ मौवाबोटे फर्किनुभएको हो ।

गाउँ फर्किएका खड्कालाई गाउँपालिकाले एक लाख रुपैयाँ प्रोत्साहन रकम प्रदान गरेको छ । गाउँपालिकाका अध्यक्ष शालिकराम बञ्जराले खड्काको घरमै पुगेर प्रोत्साहन रकमबापत चेक हस्तान्तरण गर्नुभएको हो ।

आफ्नो जन्मभूमिप्रतिको माया र छरछिमेकको सद्भाव बिर्सन नसकेर फेरि आफ्नै गाउँ फर्किएको खड्काले बताउनुभएको छ ।

बसाइँ सरेर गए पनि गाउँको जग्गा नबेचेको र अहिले बाँझिएको जमिन खनजोत शुरू गरेको उहाँले बताउनुभयो ।

गाउँ फर्किए लगत्तै घर निर्माण गर्नुभएका खड्काले आफ्नो परिवारलाई पुनःस्थापित गराउन गाउँपालिकाले सहयोग गर्दा खुशी लागेको प्रतिक्रिया दिनुभएको छ ।

पालिकाले पूर्वाधार निर्माणमा काम गरिरहेको हुँदा अब सुविधाको खोजीमा कोही पनि बसाइँ सरेर अन्त जानु पर्ने अवस्था नरहेको अध्यक्ष बञ्जराले बताउनुभयो ।  

अन्तिम अपडेट: बैशाख १५, २०८२

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया