आजदेखि विश्व खोप सप्ताह शुरू

 वैशाख ११, २०८२ बिहीबार ८:५७:५० | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – आजदेखि विश्व खोप सप्ताह शुरू भएको छ । यसवर्ष ‘सबैका लागि खोप मानव रूपमा सम्भव छ’ नाराका साथ खोप सप्ताह मनाइँदैछ ।

विश्व खोप सप्ताहको मुख्य उद्देश्य आवश्यक सबै उमेरका मानिसलाई रोगबाट जोगाउनु तथा खोपको प्रयोगलाई प्रवर्द्धन गर्नु हो ।

विश्व स्वास्थ्य सङ्गठनका अनुसार विगत ५० वर्षमा खोपका कारण १५ करोड ४० लाख जीवन जोगिएको छ ।

शिशुको बाँच्ने अवस्थामा ४० प्रतिशतले योगदान पुगेको तथा बचाइएका जीवनको ६० प्रतिशत हिस्सा दादुरा खोपले ओगटेको अवस्था छ ।

बालकदेखि वृद्धसम्मलाई रोगप्रतिरोधात्मक क्षमतायुक्त बनाउने विभिन्न खोपले औलो, इन्फ्लुएन्जा, गर्भवतीलाई टिटानस, किशोरीलाई एचपीभीबाट जोगाउँछ ।

त्यस्तै आज ‘इन्टरनेश्नल गर्ल्स आईसीटी डे’ पनि परेको छ । खोप सप्ताह र इन्टरनेश्नल गर्ल्सआइसीटी डे संयुक्त राष्ट्रसङ्घको आह्वानमा हुने गरेको छ ।

सूचना प्रविधिको क्षेत्रमा छोरीहरु र महिलालाई पनि समान अवसर दिनुपर्नेमा जोड दिएर हरेक वर्ष अप्रिलको चौथो बिहीवार छलफल र कार्यक्रम गर्ने गरिएको छ ।

त्यस्तै अन्तर्राष्ट्रिय बहुपक्षीयता र शान्तिका लागि कूटनीति दिवस पनि आजै परेको छ । यो दिवस सन् २०१८ देखि मनाउन थालिएको हो ।

अन्तर्राष्ट्रिय शान्ति र सुरक्षाप्रतिको प्रतिबद्धतालाई दोहोर्‍याउँदै विश्वका एक सय ४४ देशका सरकार प्रमुख एवम् प्रतिनिधिले अन्तर्राष्ट्रिय बहुपक्षीयता दिवस मनाउने प्रस्ताव गरेका थिए ।     

अन्तिम अपडेट: बैशाख १५, २०८२

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया