शिक्षक आन्दोलनबारे संसदमा प्रतिपक्षी दलहरूको जरूरी सार्वजनिक म...
बैशाख १५, २०८२ सोमबार
गुल्मी – लामो समयको खडेरी र सिँचाइको अभावमा गुल्मीमा यस पटक धान रोपाईमा ढीलाई भएको छ । असार महिनाको मध्य भागमा आईपुग्दा गुल्मी जिल्लामा नौं प्रतिशत मात्र धान रोपाइँ भएको छ । गत वर्ष यस अवधिमा २६ प्रतिशत धान रोपाइँ भएकोमा यस पटक जम्मा नौ प्रतिशत फाँटमा मात्र धान रोपाइँ भएको कृषि ज्ञान केन्द्र गुल्मीका बरिष्ठ कृषि विकास अधिकृत नवराज भण्डारीले जानकारी दिनु भएको छ ।
कृषि ज्ञान केन्द्रका अनुसार जिल्लामा यस वर्ष समयमा वर्षा नहुँदा सिँचाइ अभावका कारण धान रोपाइँमा केही ढिला भएको बताईएको छ । समयमै धान रोपाइँको लागि आकाशे पानी कुरिरहेका किसान पानी समयमा नपर्दा ढिलो गरि धान रोप्न बाध्य भएका छन् । गुल्मीको बडिगाढ, चौरासी, छल्दी, निस्ती, पनाहा, सुदि, खैरेनी, खज्र्याङ्ग लगायतका ठाउँहरु धान खेतीकोे लागि मुख्य फाँट मानिन्छन । समयमा पानी नपरेपछि मूल नफुटेका कारण यी फाँटहरु असारको मध्य समयमा पनि सुनसान र उराठ देखिन्छन् ।
ज्ञान केन्द्रका अनुसार लामो समयसम्म बर्षात नहुँदा धानको बिउ राख्न ढिलाई भएको कारण रोपाइँ गर्ने समय पनि ढीला हुन गएको हो । गुल्मीमा नौ हजार भन्दा बढी हेक्टर क्षेत्रफलमा धान खेती हुँदै आएको छ । जस अन्र्तगत चैते धानको क्षेत्रफ करिब तीन सय हेक्टर रहेको छ भने बर्खे धानको क्षेत्रफल आठ हजार ६ सय भन्दा बढी रहेको छ ।
जिल्लामा यस वर्ष तीन सय ११ हेक्टरमा चैते धान लगाइएको छ । गएकाे वर्ष तीन सय ४१ हेक्टर क्षेत्रफलमा चैते धान र आठ हजार ६ सय ७० हेक्टर क्षेत्रमा बर्खे धान रोपिएको थियो । यसरी चैते र बर्खे गरि गएकाे वर्ष जिल्लामा करिब २३ हजार सात सय १८ मेट्रिक टन धान उत्पादन भएको कृषि ज्ञान केन्द्रले जनाएको छ ।
गुल्मीमा १७ हजार मेट्रिक टन चामल उत्पादन हुँदै आएकोमा गएकाे वर्ष सात करोड रुपैयाँ बराबरको चामल आयात गरिएको कृषि ज्ञान केन्द्रका वाली संरक्षण अधिकृत प्रकाश मरासीनीले बताउनुभयो । खडेरी र सिँचाइको अभावमा पछिल्लो समयमा जिल्लामा धान रोप्ने क्षेत्रहरू घट्दै गएका छन् ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।
गुल्मीका क्रियाशील पत्रकार जनार्दन घिमिरे लामो समयदेखि उज्यालोमा कार्यरत हुनुहुन्छ ।